ad ad

समाज


मध्यराति बसको ठक्करबाट स्कुटरमा सबारको मृत्यु

मध्यराति बसको ठक्करबाट स्कुटरमा सबारको मृत्यु

नेपालखबर
चैत १, २०७६ शनिबार २:४०,

पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका-७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १-०१००१ ख ३४६४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। उनी स्कुटरको पछाडि सवार थिए।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका-१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .