समाज


प्रधानन्यायाधीश राउतले अस्पताल पुगेर दिए ढुंगानालाई श्रद्धाञ्जली

प्रधानन्यायाधीश राउतले अस्पताल पुगेर दिए ढुंगानालाई श्रद्धाञ्जली

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत। फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०८१ आइतबार १७:२६, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानन्यायाधीश राउतले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन्।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गानाको पार्थीव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ।

ढुङ्गानाको अन्त्येष्टि भोलि पशुपति आर्यघाटमा गरिनेछ।

ढुङ्गानाको बानेश्वरस्थित एक अस्पतालमा उपचारका क्रममा ८१ वर्षको उमेरमा आइतबार दिउँसो १ः३० बजे निधन भएको हो। मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए।

प्रधानन्यायाधीश राउतले ढुंगानाकै ल फर्मबाट वकालत अभ्यास थालेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad