समाज


गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत फेला

गोकर्णेश्वरमा एकै परिवारका तीनजना मृत फेला

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १९:४१, काठमाडौँ

काठमाडौंको गोकर्णेश्विरमा घरभित्र आमा र दुईवटा छोराछोरी मृत भेटिएका छन्।

गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीको घरको कोठाभित्र उनकी श्रीमती वर्ष ३३ की सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु मोक्तान र छोरा २ महिनाको बालक मृत भेटिएका हुन्।

घरमुली कान्छाले कात्तिक १६ गतेखि श्रीमती, छोरी, छोरा हराइरहेको भनि आज (कात्तिक २९ गते) प्रहरी वृत बौद्धमा खोजतलासको लागि निवेदन दिएका थिए।  सोही आधारमा प्रहरी टोली गएर हेर्दा घरभित्रै तीनैजनाको शव फेला पारेको हो।

घटनाको सम्बन्धमा प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौं बाट समेत अनुसन्धानको लागि टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad