फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा पूर्वकोषाध्यक्ष राजेन्द्र केसीको स्मृतिमा शोक सभा तथा दीप प्रज्वलन गरिएको छ।
केसीको नधिन भएको को १३औं दिनमा नेपाल पत्रकार महासंघको प्राङ्गणमा शोक सभा र दीप प्रज्वलन गरिएको हो।
केसीको सम्झनामा आयोजित सो कार्यक्रममा नेपाली पत्रकारिता र फोटोपत्रकारिता क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शोक सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ लेखा समितिका अध्यक्ष लेखनाथ न्यौपानेलगायत फोटोपत्रकार क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको प्रारम्भमा सबै सहभागीले एक मिनेटको मौन धारण गरी दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने उपस्थित फोटोपत्रकारहरूले आफ्नो क्यामरा डाउन गर्दै केसीको सम्मानमा गहिरो श्रद्धासुमन व्यक्त गरे।

करीब दुई दशकसम्म राजधानी दैनिक, अन्नपूर्ण पोस्ट लगायत विभिन्न सञ्चार गृहमा फोटो पत्रकारितामा समर्पित रहेका स्व. केसी पछिल्ला ६ वर्षदेखि अमेरिकामा रहेर आफ्नो क्षेत्रमै क्रियाशील थिए।
केसीको मेटास्टेटिक म्यालिग्नन्ट प्यानक्रियाटिक क्यान्सरको उपचारका क्रममा अमेरिकामा निधन भएको हो।
Shares

प्रतिक्रिया