समाज


देशभर पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव

तराईका थोरै क्षेत्रमा हुस्सु लाग्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
देशभर पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव

फाइल तस्बिर


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार ६:०, काठमाडौँ

हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भूभागमा भने स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (बिहीबार बिहान) गण्डकी र कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। साथै तराईका थोरै भूभागहरुमा अहिले हल्का हुस्सु लागेको छ।

आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाउको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ।

आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला शुक्रबार र शनिबारको मौसम? 

२०८१ कात्तिक ३० गते शुक्रबार

दिउँसोː कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

रातिː कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर १ गते शनिबार

दिउँसोː कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad