पूर्वी चितवनको खैरहनी नगरपालिकामा दुई जनाको रु नौ लाख लुटिएको छ।
गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती शुक्रबार लुटिएका हुन्। उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन्।
राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ। राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्य भइरहेको छ। रासस
प्रतिक्रिया