ad ad

कारोबार


निगमको भारत उडान हेरफेर, हङकङ र बैंकक पनि नजाने

निगमको भारत उडान हेरफेर, हङकङ र बैंकक पनि नजाने

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १०:२३,

कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ।

दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं–दिल्ली–काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटा मात्र गरिने निगमले विज्ञप्तिमार्फत जनाएको छ।

उडान तालिका परिवर्तन भएसँगै अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ।

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ।

काठमाडौं–दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ।

उपरोक्त उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइनेछ भने टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .