समाज


काठमाडौँमा स्कुटर पल्टिँदा ४७ वर्षीय पुरुषको मृत्यु

काठमाडौँमा स्कुटर पल्टिँदा ४७ वर्षीय पुरुषको मृत्यु

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार ११:३०, काठमाडौँ

काठमाडौँमा गएराति स्कुटर दुर्घटना हुँदा एकजना पुरुषको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका- ३२ नरेफाँटबाट ललितपुरको इमाडोलतर्फ जाँदै गरेको बा.६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकार छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad