दक्षिण अफ्रिका भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवसँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा धेरैले सेयर गरिरहेका छन्।
दक्षिण अफ्रिकाका एक क्रिकेट फ्यानले सूर्यकुमार यादवलाई सोधे, ‘एउटा कुरा भन्नुस्- तपाईं किन पाकिस्तान आउनुहुन्न?’
यो प्रश्नलाई भिडिओमा कैद गरिएको छ, भिडिओमा प्रश्न गर्ने व्यक्तिको अनुहार नदेखिए पनि उनी पाकिस्तानी रहेको बताइएको छ।
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार भिडिओमा सूर्यकुमार यादव र यी क्रिकेट फ्यानबीच भएको कुराकानी रेकर्ड गरिएको छ।
प्रश्नको जवाफमा सूर्यकुमार यादवले जवाफ दिए, ‘अरे भैया हमारे हाथ में थोड़े ही है’ (ए भाइ, यो हाम्रो हातमा छ र?)।
अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खेल्न भारतले आफ्नो टोली पठाउन अस्वीकार गरेको भन्दै पाकिस्तानी मिडियामा आइतबारदेखि हंगामा मच्चिएको छ।
आईसीसीले पीसीबीलाई इमेलमार्फत भारत च्याम्पियन्स ट्रफीमा पाकिस्तान नआउने जानकारी गराएको छ।
Shares

प्रतिक्रिया