तुलसीपुरमा चट्याङ लागेर आज एक युवती गम्भीर घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१८ दौडाँडे निवासी २२ वर्षीया शिवा बस्नेत चट्याङ लागेर घाइते भएकी हुन्।
घरमै बसिरहेको अवस्थामा आज दिउँसो १ः१५ बजेतिर परेको चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। चट्याङ लागेर बस्नेतका दुईवटै खुट्टा जलेका छन्। रासस
प्रतिक्रिया