ad ad

राजनीति


भुटानी प्रधानमन्त्रीले मोदीलाई भनेः तपाईंकै नेतृत्वमा कोरोनाविरुद्ध लडौँ

भुटानी प्रधानमन्त्रीले मोदीलाई भनेः तपाईंकै नेतृत्वमा कोरोनाविरुद्ध लडौँ

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ९:५९,

कोरोना भाइरसविरुद्ध सार्क मुलुकले साझा रणनीति तयार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको प्रस्तावमा भुटानी प्रधानमन्त्रीले समर्थन जनाएका छन्।

प्रधानमन्त्री लोते छिरिङले आधिकारिक ह्यान्डलबाट ट्विट गर्दै मोदीकै नेतृत्वमा यस्तो रणनीति तयार पार्न जुट्नुपर्ने बताएका हुन्।

‘यसलाई हामी नेतृत्व भन्छौँ। यस क्षेत्रका सदस्य भएकाले हामी यस्तो समयमा एकजुट हुनैपर्छ। साना अर्थतन्त्र झन् बढी प्रभावित हुनेछन्। त्यसैले हामीले समन्वय गर्नैपर्छ,’ छिरिङले भनेका छन्, ‘तपाईंको नेतृत्वमा तत्काल प्रभावकारी नतिजा निस्किनेछ भन्नेमा मलाई कुनै शंका छैन। भिडियो कन्फेरेन्सको प्रतीक्षामा छु।’

यसअघि शुक्रबार नै मोदीले ट्विटरमार्फत कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गरेर विश्वलाई उदाहरण पेस गर्न प्रस्ताव गरेका थिए।

यसका लागि सार्कका नेताहरुले भिडियो कन्फेरेन्समार्फत छलफल गर्नसक्ने उनले बताएका थिए। भारत र पाकिस्तानबीच वैमनश्यताका कारण हरेक दुई वर्षमा हुनुपर्ने सार्क शिखर सम्मलेन सन् २०१४ यता हुन सकेको छैन।

मोदी नेतृत्वको भारतले सार्कको सट्टा बिम्स्टेकलाई सक्रिय गराउन जोड गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .