ad ad

समाज


कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

कोरोनाविरुद्ध सार्कको साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ८:०,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्।

उनले संसारभर फैलिरहेकाे याे राेग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका छन्।

‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन्। ‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्‍याउन सक्छौं।’

दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकिस्तानमा काेराेनाका कारण एक-एक जनाकाे मृत्यु भएकाे छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएकाे पाइएकाे छ। अफगानिस्तानमा ९, माल्दिभ्समा २, श्रीलंकामा ३, ब‌ंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिक), र नेपालमा १ (निकाे भइसकेकाे) जना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .