समाज


मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १२:१७, काठमाडौँ

मानव तस्करीको आरोपमा कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

उनलाई आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ लैजान लागिएको मोरङ प्रहरीका एक अधिकारीले बताए।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्। 

साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ। 

मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad