कारोबार


शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १२:१९, काठमाडौँ

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र बाँकी ५ प्रतिशत दिने भएको हो।

४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको यो कम्पनीले गत आवमा ४१ करोड ७३ लाख रुपैयाँ विरतरणयोग्य सञ्चित मुनाफा कमाएको थियो।

जसबाट १४ करोड २० लाख रुपैयाँबराबरको ३ प्रतिशत बोनस सेयर र २३ करोड ६६ लाख रुपैयाँबराबरको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ। अब आगामी हुने साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुमा उक्त लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad