ad ad

समाज


कोरोनाबाट जोगिन अमेरिकी राष्ट्रपतिले हात मिलाउन छाडे, आइरिस प्रमलाई भनेः ‘नमस्ते’!

कोरोनाबाट जोगिन अमेरिकी राष्ट्रपतिले हात मिलाउन छाडे, आइरिस प्रमलाई भनेः ‘नमस्ते’!

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ५:४८,

विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण हात मिलाएर अभिवादन गर्ने पश्चिमा नेताहरु एकाएक नमस्ते गर्न थालेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र आइरल्यान्डका प्रधानमन्त्री लिओ वारादकरबीच बिहीबार राष्ट्रपतिनिवास ह्वाइटहाउसमा भेटवार्ता हुँदै थियो। भेटअघि हात मिलाएर अभिवादन गर्ने गरिए पनि दुवै नेताले हात मिलाएनन्। बरु दुई जोडेर एकअर्कालाई नमस्ते गरे।

सिटलटाइम्सले दुई नेताले हात नमिलाएको प्रसंगलाई रोचक समाचार बनाएको छ। दुवै नेताले हात नमिलाउने निर्णय गरेको समाचारमा उल्लेख छ। ‘हामीले दुवैलाई एकअर्कातर्फ हेर्यौँ र भन्यौँ..’, ट्रम्पले बिहीबार भने, ‘हामी के गर्न गइरहेका छौँ त?’

हात नमिलाई आइरिस नेताको स्वागत गर्नुपर्दा आफूलाई अलिक कस्तो कस्तो (अड फिल) भएको ट्रम्पले रिपोर्टरलाई बताएका थिए। हात मिलाउने सन्दर्भमा ट्रम्प चर्चित नेता हुन्। जापानी प्रधानमन्त्री सिन्जो आबेलाई केही वर्षअघि ह्वाइटहाउसमै ट्रम्पले हात मिलाएको चर्चा निकै चलेको थियो।

बिहीबार ट्रम्पले यसबारे ठट्टा गर्दै आफू भारत र जापान जाँदा अगाडि थोरै निहुरिने र अभिवादन गर्ने गरेको आफूले देखेको समेत बताए। जापानमा ओजिगी र पूर्वीय संस्कृतिमा नमस्ते गरी अभिवादन गर्ने गरिन्छ। ट्रम्पले नमस्ते भारत भ्रमणका क्रममा देखेका थिए। वारादकारको बुबा भने भारतमै जन्मिएका हुन्।

ओभल अफिसको भेटमा दुवै नेताले अन्ततः थोरै शिर निहुराएर नमस्ते गरेका थिए। यसअघि धेरै युराेपेली नेताहरूले नमस्ते अभिवादन सुरू गरिसकेका छन्। 

याे पनि ः

कोरोनाका कारण पश्चिममा बिस्तार हुँदै नमस्ते संस्कार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .