ad ad

राजनीति


बजारमा माक्सको अभाव भएपछि गाउँपालिकाले नै सुरु गर्‍यो उत्पादन

बजारमा माक्सको अभाव भएपछि गाउँपालिकाले नै सुरु गर्‍यो उत्पादन

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ५:५६,

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन सुरु भएको छ।

बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन सुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उनले बताए।

कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफैँ उत्पादनमा ध्यान दिएको उनले बताए। ‘छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ।’

पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको उनले बताए। बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ।
रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .