समाज


विदेशी नागरिकलाई घुमाउन हिडेँका माझी गैँडाको आक्रमणबाट घाइते

विदेशी नागरिकलाई घुमाउन हिडेँका माझी गैँडाको आक्रमणबाट घाइते

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १७:२७, काठमाडौँ

चितवनमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन्।

शनिबार बिहान १० बजेतिरको समयमा विदेशी नागरिकलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाउन हिडेका एक पुरुष गैंडाको आक्रमणबाट घाइते भएका हुन्। 

घाइते हुनेमा भरतपुर महानगरपालिका–२७ मेघौली निवासी २८ वर्षीय जंगबहादुर माझी  रहेको  जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार माझी दुईजना विदेशी पैदल यात्री घुमाउन हिडेका थिए। पैदल हिडिरहेका बेला एकाक्कसी गैँडाले माझीलाई आक्रमण गर्दा पेटमा चोट लागेको हो। 

घाइते उनको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता रिजालले बताए। उनका अनुसार विदेशी नागरीक भने सुरक्षित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad