खेल


खराब लयमा गुज्रिए एमबाप्पे

खराब लयमा गुज्रिए एमबाप्पे

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १७:३७, काठमाडौँ

रियल म्याड्रिडका स्ट्राइकर केलियन एमबाप्पे खराब लयमा गुज्रिएका छन्। तर कठिन समयबाट उठ्न एमबाप्पेसँग दृढ संकल्प रहेको प्रशिक्षक कार्लो एन्सेलोटीले बताए।

जुलाईमा पेरिस सेन्ट जर्मेनबाट निशुल्क ट्रान्सफरमा रियलमा आवद्ध भएका २५ वर्षीय फ्रान्सेली फरवार्ड बर्नाबेउमा आएदेखि नै लय समात्न संघर्ष गरिरहेका छन्।

एमबाप्पेले ला लिगा क्लबका लागि १५ खेलमा ८ गोल गरेका छन्। तर पछिल्लो ५ खेलमा उनले एक मात्र गोल गरेका छन्।

गत सिजन च्याम्पियन्स लिग र ला लिगा जितेको रियल यो सिजन बार्सिलोनासँग ४–० ले पराजित भयो। क्याटालान्ससँग रियल ९ अंकले पछि परेको छ।

रियलका प्रशिक्षक एन्सेलोटीले पत्रकार सम्मेलनमा भने, ‘एमबाप्पे सबैजस्तै कमजोर छन्, तर यो क्षण पार गर्न उत्प्रेरित छन्।’

‘उनको समस्या सबैको समस्या हो। तपाईंले भिनिसियस जुनियर, रोड्रिगो वा जुडे बेलिङ्घमलाई औंल्याउन सक्नुहुन्छ। यो सबैका लागि कठिन क्षण हो’, एन्सेलोटीले भने कि, ‘एमबाप्पे राम्रो प्रशिक्षण गरिरहेका छन्। यदि खेलाडी उत्साहित रहे भने आफ्नो फर्ममा सुधार आउनेमा विस्वस्त छु।’

इटालियन प्रशिक्षकले एम्बाप्पेलाई फ्रान्सका प्रबन्धक डिडियर डेसच्याम्प्सले नेसन्स लिगबाट बाहिर राख्ने निर्णयमा भने बोल्न चाहेनन्।

‘यो राष्ट्रिय टोलीका प्रशिक्षकको कुरा हो र मलाई उसको निर्णयको मुल्यांकन गर्ने अधिकार छैन। उनले गरेको निर्णयलाई हामीले स्वीकार गर्नुपर्छ’, एन्सेलोटीले भने।

रियल म्याड्रिडले घरेलु लिगमा शनिबार बेलुका ओसासुनासँग खेल्दैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad