समाज


आज यी तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना

आज यी तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार ७:२, काठमाडौँ

आज (बिहीबार) तीन प्रदेशका पहाडी भेगमा वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो।

यसबाहेक दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यसैबीच आज दिउँसो काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना छैन। मौसमचाहिँ आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। रातिलाई कतै वर्षाको सम्भावना देखाइएको छैन। 

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जसका कारण यतिबेला (बिहीबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

आंशिक बदली भनेको आकाशमा पातलो पातलो बादल रहे पनि घाम देखिनु हो भने मौसम मुख्यतया सफा भनेको कतै कतै बादल देखिए पनि लगभग आकाश खुला रहनु हो। यस्तै हल्का वर्षा भनेको १० मिलिमिटरभन्दा कम पानी पर्नु हो।

मौसमविद्का अनुसार अहिले नेपालमा पोस्ट मनसुन हो। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ, डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। यसैले दिनप्रतिदिन चिसो बढिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad