आज बिहीबार, २२ कात्तिक २०८१ (७ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : वाणीमा कुशलता आउने दिन परेको छ। अनपेक्षित शुभ समाचारले हौसला बढाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। यात्रा गर्ने अवसर जुट्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष : स्वास्थ्यमा समस्या आउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। बोल्दा विचार पुर्याउनु होला। साँझमा कुनै कुराले मनमा शान्ति छाउनेछ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
मिथुन : सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कर्कट : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। कसै-कसैका लागि सन्तान प्राप्तिको योग छ।
भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह : कला र गलाको प्रभाव बढ्दै जानेछ। अविस्मरणीय सम्झनाले दिन बित्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या : रोकिएका काम पुनः सुरु हुनेछन्। मनमा दुबिधा उत्पन्न हुन्छ। दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु पर्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
तुला : शुभ समाचार सुन्न पाइएला। नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृश्चिक : रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुने छन्। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।
भाग्यशाली रङ पहेँलो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर : आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु होला। परोपकारका क्षेत्रमा लगानीको समय छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कुम्भ : आँटे-ताकेको पूरा होला। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्।
भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
Shares

प्रतिक्रिया