समाज


स्कुटरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

स्कुटरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार २१:२६, काठमाडौँ

मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
 
हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।प्र। ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो। सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय छोरा अनुप पहरी घाइते भएका छन्।
 
ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ।

ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad