आज मंगलबार, २० कात्तिक २०८१ (५ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले भरपूर सहयोग गर्नेछन्। अतिथिका रूपमा सम्मान पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
वृष : यात्रामा मालसामान हराउँदा मनमा निराशा छाउनेछ। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। प्रेमीले मन खोलेर सहयोग गर्नेछन्। साँझमा धन हात पर्न सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन : कुनै कुराले मनमा शान्ति छाउनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण भइनेछ। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कर्कट : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।
भाग्यशाली रङ हरियो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह : कार्य सम्पादनमा सहजता मिल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कन्या : मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। बोलीको विपरीत अर्थ लाग्नेछ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। आत्मबल बढाएर काम गर्नुपर्ने देखिन्छ।
भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला : सफल यात्राको योग छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
वृश्चिक : अधुरो काम दोहोर्याएर गर्दा सफल भइनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति भने बढी सजगता अपनाउनु पर्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : पारिवारिक भेटघाटमा रमाइन्छ। रमणीय र सुखद यात्राको योग छ। ज्ञानमा वृद्धि हुनेछ। गोप्य काममा सफलतामा मल्नेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मकर : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। स्वास्थ्यप्रति सचेत रहनु पर्छ। तीर्थाटनको योग छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ : अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। परिवारजनसँग भेटघाट हुनेछ। मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ। पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुनेछ। ठूलो कारोबारमा लगानी नगर्नु होला।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ज्ञान र सिप सिक्ने मौका मिल्नेछ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि समय सन्तोषजनक छ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
Shares

प्रतिक्रिया