समाज


भारतमा रहेका प्रवासी नेपालीले धुमधामसँग मनाए तिहार

भारतमा रहेका प्रवासी नेपालीले धुमधामसँग मनाए तिहार

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार २०:१४, काठमाडौँ

भारतमा रहेका प्रवासी नेपालीहरूले धुमधामले देउसी, भैलो खेलेर नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको शुभकामना आदानप्रदान गरेका छन्।

दिल्लीस्थित नेपाली राजदुतावासमा दिल्ली एनसीआरस्थित सयौं प्रवासी नेपालीहरुको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहरुले देउसी भैलो खेलेका हुन्। नेपाली राजदूतावासका कार्यवाहक राजदूत डा सुरेन्द्र थापा पनि कार्यक्रममा सहभागी थिए।

प्रवासमा रहेपछि कयौं नेपालीहरू हाम्रा चाडपर्वलाई नेपालमा जस्तै नेपाली पारम्पराअनुसार मनाउन नपाउने भएकाले राजदूतावासले वर्षको एकदिन आउने चाडपर्वलाई प्रवासमा रहेका नेपालीहरुले पनि नेपालकै शैलीमा मनाउन पाउन भन्ने उद्देश्यका साथ यो देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो।

समारोहमा भारतस्थित नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र, मित्र मञ्च मानव कल्याण भारत, प्रवासी नेपाली संघ भारत, लालीगुराँस प्रवासी नेपाली सांस्कृतिक परिवार, प्रवासी नेपाली प्रेरणा समिति, नेपाली एकता समाज भारत, गोर्खा वेलफेयर एसोसिएशन, कानून लाङ्घाली मगर समाज दिल्ली, प्रवास नेपाली जनकल्याण समिति दिल्ली, पर्वत समाज भारत, गुरुङ सेवा समिति, अखिल भारत नेपाली एकता मंच, नेपाल भारत मानव कल्याण समिति, श्री पशुपतिनाथ सोसाईटी, अखिल भारत प्रवासी नेपाली संघ, जनहित सांस्कृतिक परिवार दिल्ली र हाम्रो स्वाभिमान न्यास लगायतले राजदूतावासमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर देउसी भैलो खेलेका हुन्।

समारोहपछि बोल्दै नेपाली राजदूतावासका शिक्षा तथा सांस्कृतिक काउन्सिलर गोकुल बस्नेतले चाडपर्वको माध्यमले नेपालीहरूबीच एकता फैलाउने उद्देश्यले दूतावासमा यस कार्यक्रमको आयोजना गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad