खेल


श्रीलंकाले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

श्रीलंकाले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार २०:२७, काठमाडौँ

हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। 

आइतबार भएको फाइनलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलंकाले उपाधि हात पारेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै पाकिस्तान तथा बंगलादेशलाई जित्दै श्रीलंका फाइनलमा पुगेका थिए।

समूह चरणमा इङ्‌ग्ल्यान्ड र अस्ट्रेलियालाई हराएर समूह विजेता बनेको नेपाल भने नेपाल भने क्वाटरफाइनलमै श्रीलंकासँग हार्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad