समाज


एयर इन्डियाको जहाजमा फेरि बमको हल्ला

सुरक्षा जाँचपछि दिल्ली उड्न तयार
एयर इन्डियाको जहाजमा फेरि बमको हल्ला

नेपालखबर
कात्तिक १७, २०८१ शनिबार १८:५६, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको हल्ला चलाइएको छ।

शनिबार दिउँसो ४ः३१मा जहाजभित्र बम रहेको सूचना आएपछि नेपाली सेना र प्रहरीले सबै यात्रुलाई आरालेर जाँच गरेको छ।

सुरक्षा जाँचबाट बम नहरेको पुष्टि भएको विमानस्थलका एक अधिकारीले बताए।

‘हामीलाई बम भएको थ्रेटसहितको मेल आएको थियो। त्यसपछि जहाजमा गर्नुपर्ने सबै चेकजाँच गरेका छौँ। तर, त्यो हल्ला मात्रै थियो’ ती अधिकारीले नेपालखबरसँग भने, ‘थ्रेट आइसकेपछि आइकाओको मापदण्ड अनुसार जे–जे गर्नुपर्ने हो, हामीले त्यो सबै पूरा गरेका छौँ। अब केहीबेरमा जहाज उड्छ।’

भारतको नयाँ दिल्लीबाट ३ः३९ मा १६८ जना यात्रु यात्रु लिइ आएको जहाज दिल्ली जानको लागि १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रुहरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो।

नागरिक उड्ययन प्राधिकरणमा यस्तो सूचना आएपछि सबै यात्रु ओरालेर ती सबै लगेजहरू झारी पुनः जाँच गरिएको विमानस्थल स्रोतले बतायो।

यसअघि पनि गत साता एयर इन्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो। त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो। तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad