समाज


राति यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना

राति यी प्रदेशमा वर्षा र हिमपात हुने सम्भावना

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक १६, २०८१ शुक्रबार १९:७, काठमाडौँ

आज (शुक्रबार) राति चार प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

साथै कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्र वर्षा तथा हिमपात हुने सम्भावना देखिनु भनेको सम्भावना कम हुनु हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad