भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि (कात्तिक १७) गते भाइटीका पर्व मनाउने भएका छन्।
भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ सवा पाँच बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न भनेको हो। त्यसैगरी कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय नगरपालिकाले गरेको छ।
नगरपालिकाको निर्णयअनुसार भक्तपुर नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्न लागेका हुन्।
231
Shares

प्रतिक्रिया