समाज


दाङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर

दाङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १९:२७, दाङ

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको  बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट  खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय  कर्णबहादुर थापाको आज लमही अस्पतालमा  उपचारका लागि पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए। सोही दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोक निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको भने उपचार भइरहेको छ।
 
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहितले घाइतेको उद्धार गरी अस्पताल पठाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad