संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताएका छन्।
मंगलवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताएका हुन्।
उनले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताए। उनले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाए।
उनले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्युनीकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबदारी गरेको बताए।
जलवायु परिवर्तजको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको कुँवरको भनाई थियो।
उनले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताए। पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौति रहेको उनको भनाई छ।
उनले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताए। निर्माणको क्षेत्रमा बढी जोखिम भएको भन्दै वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको उनले बताए।
जलवायु परिवर्तनको असरले मजदुरहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेको उल्लेख गरे।

प्रतिक्रिया