समाज


०७९ को गठबन्धन ओलीको असंवैधानिक कदमविरुद्ध थियो : पूर्णबहादुर

०७९ को गठबन्धन ओलीको असंवैधानिक कदमविरुद्ध थियो : पूर्णबहादुर

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १९:१, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन्।

शुक्रबार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली कांग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिक निर्णय भएको उनको भनाइ थियो। उनले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरे पनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको धारणा पनि राखे।

उनले ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख (केपी शर्मा ओली) ले पटकपटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको बताए।

उनले भने, ‘०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुखले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण त्यसका विरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको विरुद्धमा सर्वोच्चमा गरेको कानूनी लडाईं, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनःस्थापनासँगै सरकार हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशद्वारा सरकार निर्माणको प्रक्रियामा सर्वोच्च अदालतले दिएको फैसलाको जगमा हामीले जोजो असंवैधानिक कदमको विरुद्धमा उभिए, जुन जुन नेता, जुन जुन पार्टी, नागरिक समाज, सञ्चर जगत आम जनता। त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ।’

उपसभापति खड्काले कांग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरू बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad