वैदेशिक रोजगारमा माल्टा पठाइदिने भन्दै ७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–१० घर भइ हाल काठमाडौंको मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्ले रहेका छन्।
उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ।
विदेश नपठाई सम्पर्क विहीन भएका उनीविरुद्ध पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया