समाज


नेपालको मौसम बदली गर्ने २ प्रणालीमा थपियो ‘दाना’ चक्रवातको पनि प्रभाव

कस्तो होला अबको ३ दिन देशभरको मौसम?
नेपालको मौसम बदली गर्ने २ प्रणालीमा थपियो ‘दाना’ चक्रवातको पनि प्रभाव

फाइल तस्बिर


नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार ५:५२, काठमाडौँ

हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।। साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत रहेको छ।

यतिबेला (शुक्रबार बिहान) कोसी र लुम्बिनि प्रदेशका पूर्वी भूभागको मौसम आंशिक देखि साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

राति कोसी, कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला शनिबार र आइतबारको मौसम? 

२०८१ कात्तिक १० गते शनिबार

दिउँसोː कोसी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातिːकोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०८१ कात्तिक ११ गते आइतबार

दिउँसोː कोसी प्रदेश लगायत देशका  हाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोसी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad