समाज


भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण

भारतीय दूतावासको सहयोगमा क्याम्पस निर्माण

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार २१:५३, दमौली

नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ। भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो।

उक्त भवनको आज भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरे। क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले थप रु २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले जानकारी दिए।

विसं २०६९ फागुनमा निर्माण सुरु भएको उक्त भवन २०७२ मा निर्माण सम्पन्न भएको हो। दुईतले २४ कोठा भएको उक्त भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन्। नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए। क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ९० प्रतिशत छात्रा रहेको उनले बताए। क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा र चितवनका विद्यार्थी समेत अध्ययनरत छन्।

भवन उद्घाटन गर्दै भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताए। जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताए। गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाका अन्य क्षेत्रमा पनि सहयोगका लागि भारत सरकारसमक्ष आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad