समाज


रवि र छविलाई लगियो अदालत

रवि र छविलाई लगियो अदालत

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ११:२२, काठमाडौँ

सहकारी  प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

पहिलोपटक लिइएको म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज पुन: अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी जोशीलाई पनि अदालत लगिएको हो।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रास्वपा सभापति लामिछानेलाई यही कात्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ गरी त्यही रात पोखरा लगेको थियो। 

भोलिपल्ट शनिबार परेकाले लामिछानेलाई आइतबार कात्तिक ५ गते कास्की जिल्ला अदालतमा उपस्थित गराई पक्राउ परेकै दिनदेखि लागू हुने गरी प्रहरीले ६ दिन हिरासतमा राख्ने अनुमति लिएको थियो।

सो म्याद बुधबार सकिएकाले प्रहरीले थप हिरासतमा राख्न आज अदालतसँग पुन: अनुमति लिन लागेको हो। 

पूर्वडीआईजी छविलाल जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरेर पोखरा लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad