राजनीति


पोखरामा रास्वपाको प्रदर्शन जारी, आज वाई चोकमा धर्ना

पोखरामा रास्वपाको प्रदर्शन जारी, आज वाई चोकमा धर्ना

पोखराको वाई चोकमा धर्ना बसेका रास्वपा नेता-कार्यकर्ता


नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ११:३७, काठमाडौँ

सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन जारी राखेको छ। 

रास्वपा नेता कार्यकर्ताले अहिले पोखराको वाई चोकमा धर्ना दिइरहेका छन्। 

सहकारी प्रकरणमा सभापति लामिछानेलाई यही कात्तिक २ गते शुक्रबार काठमाडौँमा पक्राउ गरी त्यही रात पोखरा लगिएदेखि रास्वपाले त्यहाँ दैनिक विरोध प्रदर्शन गरिरहेको छ। 

यसैबीच पहिलोपटक लिइएको हिरासत म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आजै बिहान पुन: जिल्ला अदालत कास्की उपस्थित गराइएको छ। प्रहरीले उनीविरुद्ध म्याद थपका लागि अदालतसँग अनुमति लिन लागेको हो। 

उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी जोशीलाई पनि अदालत लगिएको छ। जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad