समाज


गल्छीमा रविका समर्थकको अवरोध, पोखरा हिँडेका कार्यकर्तालाई प्रहरीले रोक्यो (भिडिओ)

गल्छीमा रविका समर्थकको अवरोध, पोखरा हिँडेका कार्यकर्तालाई प्रहरीले रोक्यो (भिडिओ)

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार २१:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अहिले प्रहरीले पोखरा लैजाँदैछ। शुक्रबार साँझ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पार्टी कार्यालयबााट पक्राउ गरेलगत्तै स्थलमार्ग हुँदै अहिले पोखरा लगिँदैछ। 

पोखरा लाने क्रममा रविका समर्थकहरूले गल्छीमा प्रहरीको गाडीलाई अवरोध गरेका छन्। रविसँगै पोखरा गइरहेका नेताहरूका अनुसार, नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न भागमा समर्थकहरू नाराबाजीमा उत्रिएका छन्। 

रविलाई पक्राउ गर्दैगर्दा पाार्टी कार्यालय वनस्थलीमा पनि ठूलो संख्यामा समर्थकको भिड लागेको थियो। 

लामिछानेका समर्थकहरू मुग्लिनमा भेला भएका थिए। उनीहरू पोखरातर्फ प्रस्थान गर्न थालेपछि प्रहरीले चितवनको जुगेडीमा रोकेको रास्वपा नेताहरूको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad