समाज


टेकु​को बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरको १ लाख जरिवाना

टेकु​को बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरको १ लाख जरिवाना

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ७:२३, काठमाडौँ

फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै टेकु​स्थित बुद्धमाई अस्पताललाई काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना गरेको छ।

अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो। त्यस दिन नर्सिङ स्टेसनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहोर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ संकेतसहितको बाल्टिन फोहोर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो। 

अनुगमनबाट फर्किएपछि हानिकारक फोहोर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो। पटकपटक दिएको आग्रहलाई अटेर गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा एक लाख जरिवाना गराएको महानगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भयो। यो वेला सबै फोहर एकै ठाउँमा जम्मा गरिएको थियो। फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन। त्यसपछि अनुगमन टोलीले हानिकारक फोहोर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो। 

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ भनी हेर्न अनुगमन टोली बिहीबार अस्पताल पुगेको थियो। अस्पताल पुग्दा जम्मा गरेको फोहोर खाली थियो। फोहोर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको थियो। निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन। 

महानगरपालिकाले पटकपटक गरेको अनुगमनका क्रममा दिएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ। यसअघि पनि अस्पताललाई महानगरपालिकाले १५ हजार जरिवाना गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad