असोज १० देखि १२ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण अस्तव्यस्त बनेका राजमार्ग विस्तारै खुल्ने क्रममा छन्। नेपालीको महान् चाड बडादसैँको सम्मुखमा आएको बाढीपहिरोले घर गएर परिवार तथा आफन्तसँग रमाउन चाहने धेरैको यात्रा बिथोल्यो। २ सय ४६ जनाको ज्यानै गयो। १६ जना अझै बेपत्ता छन्।
संघीय राजधानीसमेत रहेको काठमाडौँ उपत्यका र आसपासको क्षेत्र यसपालिको विपद्को केन्द्र बन्यो। उपत्यकामा पनि विपद्को सबैभन्दा ठूलो घाउ ललितपुरले बेहोर्नुपरेको छ।
विशेष गरी ललितपुरको नख्खु खोलामा आएको बाढीले २ जनालाई हेर्दाहेर्दै बगायो। उद्धारका लागि हारगुहार गर्दा पनि राज्य संयन्त्रले कामै गरेन।
मानवीय क्षतिको पुड्ताल त कसरी हुन सक्ला र? तर, बाँच्नेहरूको पनि बिचल्ली छ। बाढीले तहसनहस खोलाछेउमा बसोबास गर्नेहरू अझै नियमित सामान्य अवस्थातर्फ फर्किन सकेका छैनन्।
गत असोज १२ गते (शनिबार) बिहान आएको बाढीका कारण नख्खु खोलाको बाढीले पुछताछ गरेको क्षेत्रका बासिन्दाहरू जसोजसो उठ्ने प्रयास गर्दै छन्।
बाढी आएको तीन साता पुग्न लाग्दा पनि सो क्षेत्र पुग्दा अहिले पनि अवस्था जर्जर देखिन्छ। धेरैजसो भू–भाग सुनसान छ। स्थानीयहरू बाढीले बगाएर ल्याएका रुखहरू पन्छाउँदै गरेका देखिए।
ललितपुरको मेडिसिटी अस्पतालनजिकै बन्दै गरेको कोलोनीका घरहरूबाट हिलो र धुलो सफाइ गरिँदै छ। तर, सरकारका तर्फबाट यस क्षेत्रको पुनरूत्थान र नयाँ योजनाका बारेमा कुनै प्रयास गरेको देखिँदैन।
तस्बिरहरूः



















Shares

प्रतिक्रिया