समाज


मेषलाई आकस्मिक धनलाभ हुने, वृष होसियार बन्नुपर्ने, तपाईँको के? हेर्नुस् २ कात्तिकको राशिफल

मेषलाई आकस्मिक धनलाभ हुने, वृष होसियार बन्नुपर्ने, तपाईँको के? हेर्नुस् २ कात्तिकको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
कात्तिक २, २०८१ शुक्रबार ४:४०, काठमाडौँ

मेष  : आकस्मिक धनलाभ हुनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष : जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला। कार्य सम्पादनमा सहजता नमिल्ला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। साँझमा भने आफन्तले सहयोग गर्नेछन्।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : सुखद् यात्राको योग छ। मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्, तर प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन्। अति प्रिय व्यक्तिको यादले सताउन सक्छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट : अरूलाई प्रभावित पारेर काम बन्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। कृषि कार्यमा पनि सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।    

सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। नयाँ कामको योजना बन्नेछ। भाग्योदय हुने योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

कन्या : घर परिवारमा झैझमेलाको अवस्था आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्छ। साँझमा बढी धन खर्च हुन सक्छ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : श्रमदान गर्ने अवसर मिल्नेछ। छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। वैदेशिक कामहरू बन्नेछन्। अधुरो काम पनि बन्न सक्छ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक : रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न रहनेछ। राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। प्रेममा सफलता पनि पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, लयात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मकर : स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। अनावश्यक काममा सहभागिता जनाइने छ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। अनावश्यक ठाउँमा धन खर्च होला। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ।

भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग  ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।  खैरो रङको प्रयोग नगर्ने।

आज शुक्रबार, २ कात्तिक २०८१ (१८ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

कुम्भ : नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन : धनार्जनका नयाँ योजनाहरू पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। माया प्रेममा सामीप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। रोमाञ्चक यात्रा पनि होला।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad