समाज


कान्छी श्रीमतीलाई श्रीमान्‌ले प्रहार गरे चक्कु, सौताले लगिन् अस्पताल

कान्छी श्रीमतीलाई श्रीमान्‌ले प्रहार गरे चक्कु, सौताले लगिन् अस्पताल

नेपालखबर
असोज ३०, २०८१ बुधबार १८:१५, काठमाडौँ

रूपन्देहीको देवदह नगरपालिका-९ भलुहीमा श्रीमान्‌ले एक महिलाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी डीएसपी लक्ष्मी खनालका अनुसार ४० वर्षकी सुनिता भट्टराई चौधरीको मंगलबार बेलुका हत्या भएको हो। 

दसैँमा टिका लगाउन माइत गएकी सुनिता मंगलबार बेलुका मात्रै घर फर्किएकी थिइन्। घर फर्किनासाथ श्रीमान् ५० वर्षका दशरथ चौधरीसँग झगडा भएको र उनले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ। 

सुनिता बुटवल ११ स्थित माइती घर गएर फर्किँदा श्रीमान् घरमा स्याउ खाँदै थिए। उनले स्याउ काटेको चक्कुले नै उनलाई प्रहार गरेका थिए। 

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई जेठी श्रीमती (सुनिताकी सौता) ले स्थानीयको सहयोगमा अस्पताल लगेकी थिइन्।

सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएको खबर पाउनासाथ प्रहरीले दशरथलाई पक्राउ गरेको छ।

दशरथका जेठी श्रीमती तर्फ एक छोरा र एक छोरी छन्। उनीहरू दुवै जना विदेशमा छन्। कान्छी श्रीमतीतर्फ भने सन्तान नभएको र उनीहरूको बिचमा यही कारण पछिल्लो समय झगडा हुँदै आएको थियो। 

दुई श्रीमती र दशरथ एकै घरमा बस्दै आएका थिए। दशरथलाई इलाका प्रहरी कार्यालय बुटवलमा लगेर अनुसन्धान अगाडी बढाएको डीएसपी खनालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad