समाज


गौशालाको धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरी नियन्त्रणमा

गौशालाको धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरी नियन्त्रणमा

नेपालखबर
असोज ३०, २०८१ बुधबार १७:५२, काठमाडौँ

काठमाडौं महानगरका दुईवटा डोजरलाई नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पशुपतिस्थित गौशाला धर्मशाला भत्काउन पठाइएका डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

दुवै डोजर गौशाला प्रहरी कार्यालयमा राखिएका छन्। 

काठमाडौँ महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय भूपदेव शाहले धर्मशाला भत्काउन प्रहरीले नदिएको नेपालखबरलाई बताए। 

‘महानगरको दुईवटा डोजर गएको थियो तर धर्मशाला भत्काउन प्रहरीले दिएन। डोजरलाई नियन्त्रणमा लिएर फिर्ता पठायो’, उनले भने, ‘गौशाला प्रहरी कार्यालयमा राख्ने भनेको थियो। हामीले नजिकै वडा कार्यालय भएकाले त्यहाँ लैजाने भनेका छौँ।’

पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।

महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो।

उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने सम्झौता भएसँगै कार्यविधिको मस्यौदामाथि छलफल थालिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad