समाज


पछिल्लो २४ घण्टामा झापामा झन्डै भारी वर्षा

पछिल्लो २४ घण्टामा झापामा झन्डै भारी वर्षा

फाइल तस्बिर: झापा


नेपालखबर
असोज २९, २०८१ मंगलबार २१:२२, काठमाडौँ

मनसुन बिदा भइसकेर पनि पछिल्लो २४ घण्टामा झापामा झन्डै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति ९:१९ बजे गरेको अपडेटअनुसार झापाको शनिश्चरेमा ४७.२ मिलिमिटर वर्षा भएको हो।

यो भनेको झन्डै भारी वर्षा हो। मौसमविद्का अनुसार २४ घण्टामा ५० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।  

गत २४ घण्टामा झापाकै दमकमा ३५.४ मिलिमिटर वर्षा भएको छ। 

यस्तै झापाकै गौरादहमा २७.८ मिलिमिटर, चन्द्रगढी एअरपोर्टमा २२.४ तथा सिस्ने अर्जुधारामा १८.६ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख छ। 

सो अवधिमा सप्तरीको कल्याणपुरमा १२.२, सप्तरीकै बरमझियामा १३.६ तथा मोरङको बाहुनीमा १८.८ मिलिमिटर वर्षा भएको छ। 
यसबाहेक देशका अन्य स्थानमा पनि नगन्य मात्रामा अर्थात् १० मिलिमिटरभन्दा कम वर्षा भएको छ।

गण्डकी प्रदेशभन्दा पूर्व भने पानी नै परेको छैन। गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad