समाज


कांग्रेस नेता सिवाकोटी लगायत पक्राउ परेका व्यक्तिहरू रिहा

कांग्रेस नेता सिवाकोटी लगायत पक्राउ परेका व्यक्तिहरू रिहा

नेपालखबर
असोज २९, २०८१ मंगलबार २१:३३, काठमाडौँ

प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी रिहा भएका छन्।

मंगलबार साँझ प्रहरीले काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर उनीलगायतलाई मालीगाउँ वृत लगेको थियो।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खान, लक्ष्मण श्रेष्ठ, गीता चमार, ललिता थारु, बानी चमार र विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

उनीहरू सबैजना रिहा भएका काठमाडौं प्रहरी परिसरले जनाएको छ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad