समाज


समाचार संकलन गर्दा सतर्कता अपनाउन महासंघको आग्रह

समाचार संकलन गर्दा सतर्कता अपनाउन महासंघको आग्रह

नेपालखबर
फागुन २७, २०७६ मंगलबार ११:१२,

नेपाल पत्रकार महासंघले समाचार संकलन तथा सम्प्रेषण गर्दा सावधानी अपनाउन पत्रकारहरुलाई आग्रह गरेको छ।

विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९०) को उच्च जोखिममा नेपाल समेत रहेको भन्दै भनेको छ, ‘जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ।’

साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसँग छलफल गरी आवश्यक कार्य अघि बढाएको जनाएको छ। महासंघ सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न पनि आग्रह गरेको छ।

साथै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्नसमेत महासंघले विशेष आग्रह गरेको छ।
महासंघले यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी गरिरहेको जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad