काभ्रेको पाँचखालमा पहिरो खस्दा अरनिको राजमार्ग एकतर्फी बनेको छ।
पाँचखाल नगरपालिका- ८ मा गएराति करिब १० बजे सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएपछि आइतबार बिहान नौ बजेदेखि सडकमा एकतर्फीरुपमा गाडी चल्न थालेका हुन्।
अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका- ८ पचास किलो भन्ने ठाउँमा पहिरो खस्दा रातभरी सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।
स्थानीय निकाय र सडक विभागसँग समन्व्य गरेर पहिरो एकतर्फी रुपमा हटाइएको छ। बाँकी पहिरो पनि पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचनाअधिकारी मिनबहादुर घलेले नेपालखबरलाई जानकारी दिए।
चाडपर्वको बेला राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।
291
Shares

प्रतिक्रिया