ग्लोबल


बाबा सिद्दिकीको हत्यामा राहुल गान्धीको प्रतिक्रियाः डरलाग्दो घटना

बाबा सिद्दिकीको हत्यामा राहुल गान्धीको प्रतिक्रियाः डरलाग्दो घटना

नेपालखबर
असोज २७, २०८१ आइतबार ९:५८, काठमाडौँ

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले पूर्वसांसद एवं एनसीपी (अजित पवार समूह) का नेता बाबा सिद्दिकीको हत्यामा शोक र समवेदना व्यक्त गरेका छन्।

राहुल गान्धीले आफ्नो एक्स ह्यान्डलमा  लेखेका छन्, ‘बाबा सिद्दीकीजीको दुःखद निधन स्तब्ध पार्ने र दुःखद छ। यस कठिन समयमा उनको परिवारप्रति मेरो समवेदना छ।’

उनले अगाडि लेखेका छन्, ‘यो डरलाग्दो घटनाले महाराष्ट्रमा कानुन र व्यवस्थाको पूर्ण असफलता उजागर गर्छ। सरकारले जिम्मेवारी लिनुपर्छ र न्याय दिनुपर्छ।’ 

शनिबार राति मुम्बईको बान्द्रा क्षेत्रमा अज्ञात आक्रमणकारीले गोली हानी बाबा सिद्दिकीको हत्या गरेका हुन्। 

यद्यपि दुई संदिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ भने तेस्रोको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

४८ वर्षदेखि भारतीय क्रग्रेसमा रहेका सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार समूह) मा सामेल भएका थिए। 

बाबा सिद्दिकीको शव पोस्टमार्टमका लागि पठाइएको छ। उनी आफ्नो इफ्तार पार्टीका लागि पनि निकै चर्चित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad