हाल देशका लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव परेको छ। साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ।
जसका कारण यतिबेला (आइतबार बिहान) कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
यस वर्षको मनसुन शनिबार (असोज २६ गते) देशभरबाट बाहिरिएसँगै पोस्ट मनसुन सिजन सुरु भएको छ। मौसमविद्का अनुसार अब पानी पर्न कम हुनेछ।
मौसम महाशाखाले दिएको जानकारीअनुसार दिउँसो मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति लुम्बिनी प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
सोमबार र मंगलबार कस्तो होला मौसम?
२०८१ असोज २८ गते (सोमबार)
दिउँसोː कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू्भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
रातिː कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
असोज २९ गते मंगलबार
दिउँसोː कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
रातिː कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नोभेम्बरसम्म पोस्ट मनसुन, त्यसपछि विन्टर
मनसुन बिदा भइसकेको र विन्टर आइनसकेको बीचको अवधिलाई मौसमी भाषामा ‘पोस्ट मनसुन’ भनिन्छ।
गत जुन १० तारिखमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन अक्टोबर १२ तारिखका दिन पूर्वबाटै बाहिरिएको हो। मनसुन बिदा भएसँगै नेपालमा बर्खायामको औपचारिक अन्त्य भएको छ भने पोस्ट मनसुन सुरु भएको छ।
मौसमविद्का अनुसार पोस्ट मनसुनको अवधि अंग्रेजी महिना नोभेम्बरभरि हो, त्यसपछि अर्थात् डिसेम्बरदेखि विन्टर सिजन अर्थात् हिउँदयाम सुरु हुन्छ।
Shares

प्रतिक्रिया