समाज


देशभर फैलियो पश्चिमी वायु, अबको डेढ महिना ‘पोस्ट मनसुन’

देशभर फैलियो पश्चिमी वायु, अबको डेढ महिना ‘पोस्ट मनसुन’

प्रतीकात्मक तस्बिर: पश्चिमी वायु


नेपालखबर
असोज २६, २०८१ शनिबार २०:३०, काठमाडौँ

आज (असोज २६ गते) मनसुन बाहिरिएसँगै देशभर पश्चिमी वायुको प्रभाव फैलिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोसी प्रदेश, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव परिरहेको छ। साथै स्थानीय वायुको पनि आंशिक प्रभाव परिरहेको छ। 

गत जुन १० तारिखमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन आज अक्टोबर १२ तारिखका दिन पूर्वबाटै बाहिरिएको हो। योसँगै देशमा मनसुनी वायुको प्रभाव अन्त्य भएको हो। 

मनसुन बिदा भएसँगै नेपालमा बर्खायामको औपचारिक अन्त्य भएको छ भने पोस्ट मनसुन सुरु भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पोस्ट मनसुन सिजन नोभेम्बरसम्म रहन्छ भने डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। अब खासै वर्षा नहुने उनको भनाइ छ। यद्यपि हल्का, फाटफुट वर्षाको सम्भावना भने रहन्छ। 

मौसम महाशाखााका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad