खेल


महिला साफ च्याम्पियनसिप: नेपाल आइपुग्यो पाकिस्तानी टिम

महिला साफ च्याम्पियनसिप: नेपाल आइपुग्यो पाकिस्तानी टिम

नेपालखबर
असोज २७, २०८१ आइतबार ९:२४, काठमाडौँ

आगामी कात्तिक पहिलो साता नेपालमा हुन लागेको महिला साफ च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टोली नेपाल आइपुगेको छ।

आइतबार बिहान काठमाडौँ आइपुगेको पाकिस्तानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।  

सातौँ संस्करणको साफ च्याम्पियनसिप आगामी कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा हुँदैछ। यो नेपालमा हुन लागेको तेस्रो साफ च्याम्पियनसिप हो। 

यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एक एक पल्ट यसको आयोजना गरेका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। अन्य टोली पनि अब क्रमशः नेपाल आउने प्रवक्ता साहले बताए। 

सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ। यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन्। अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिस्पर्धा गर्ने तय भएको छ।

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन्। आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको शुरुवात गर्ने भएको छ। हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन। 

महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो। भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ।

यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ। यस च्याम्पियनसिपको अनुमानित बजेट चार करोड ६० लाख ८०० रुपैयाँ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad