काभ्रेको पाँचखालमा दुईवटा सवारी साधन आपसमा ठोकिँदा एक युवक गम्भीर घाइते भएका छन्।
पाँचखाल नगरपालिका- ४ लामिडाँडास्थित अरनिको राजमार्गमा दुई सवारी साधन ठोकिँदा रामेछापको रामेछाप नगरपालिका- ८ घर भएका २१ वर्षीय खेमराज तामाङ गम्भीर घाइते भएका हुन्।
टाउको, छाती र बायाँ हातमा चोट लागरेर गम्भीर घाइते भएका तामाङको हाल धुलिखेल असपतालमा उपचार भइरहेको छ।
काठमाडौँबाट रामेछाप जाँदै गरेको प्र.०१-००२ ज ६२३९ नम्बरको इबी गाडीले पार्किङ गरिराखेको बा १९च५७३६ नम्बरको बोलेरोलाई ठक्कर दिई अनियन्त्रीत भई बिधुतको पोलमा ठोकिँदा दुर्घटना भएको हो।
इबी गाडीमा तामाङसहित १५ जना सवार थिए। अरु १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
39
Shares

प्रतिक्रिया